प्रधानमन्त्री निवासमा एक करोडको सिसिक्यामरा जडान

प्रधानमन्त्री निवासमा एक करोडको सिसिक्यामरा जडान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले प्रधानमन्त्री निवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ। अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ।

यो रकम प्रधानमन्त्री निवास बालुवाटारमा सिसिक्यामरा जडानमा खर्च भएको छ। चैतमा मात्र अर्थ मन्त्रालयले आठ अर्ब ८४ करोड ८१ लाख रकमान्तर गरेको छ। त्यसमध्ये प्रधानमन्त्री निवासमा सिसिक्यामरा जडानका लागि एक करोड रकमान्तर भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।