काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले १ हजार १ सय ९९ सदस्य रहने गरी महाधिवेसन आयोजक समितिको घोषणा गरेका छन ।
आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।
नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ । प्रधानमन्त्री ओलीले त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।




प्रतिक्रिया