काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा फुटाउनका लागि पुष्पकमल दाहाल (प्रचण्ड) निवास खुमलटारमा २८० वटा बैठक बसेको खुलासा गरेका छन् ।
बबरमहलस्थित कार्की ब्यांक्वेटमा ओली समूह निकट अनेरास्ववियूले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टी फुटाउनका लागि खुमलटारमा मात्रै २८० र खुमलटार, कोटेश्वर, बानेश्वर लगायतका क्षेत्रमा ३५ बैठक बसेको खुलासा गरेका हुन ।
‘मैले फाइल पल्टाएर हेरेँ । पार्टी फुटाउनका लागि खुमलटारमा मात्रै २८० बैठक र अन्य ३५ बैठक बसिरहेको छ । खुमलटार, कोटेश्वर, बानेश्वर लगायतका क्षेत्रमा पार्टी फुटाउनका लागि बैठक बसिरहेको पाएँ ।’
कुनै हालतमा संसद पुनर्स्थापना नहुने दाबी गर्दै प्रधानमन्त्री ओलीले अध्यक्षद्वय पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाललाई आफ्नो पार्टीमा आए यसअघि गरेका अपराधहरू माफ गर्दिने समेत बताए ।
‘संविधान र कानूनले मिल्दैन । विघटित संसद फर्किदैन । संसद विघटन भयोभयो, नयाँ चुनाव हुन्छहुन्छ,’ उनले भने ।




प्रतिक्रिया