भागरथी र निर्मला हत्याकाण्डका अपराधीहरु छिट्टै पक्राउ पर्छन् :प्रधानमन्त्री ओली

भागरथी र निर्मला हत्याकाण्डका अपराधीहरु छिट्टै पक्राउ पर्छन् :प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले भागरथी भट्ट र निर्मला पन्त हत्याकाण्डका अपराधीहरु छिट्टै पक्राउ पर्ने बताएका छन् ।

नेकपा ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको सभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई बदनाम गर्न केही अपराधिक तत्वहरु क्रियाशील रहेको भन्दै उनीहरुलाई कानुनी दायरामै ल्याएरै छाड्ने बताए ।

निर्मलालाई बलात्कार गरेर हत्या गर्ने कुरा होस्‌ अथवा भागरथी हत्याकाण्ड होस्, यस्ता हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गए पनि छोडिने छैन उनले भने । विश्वका कुनै पनि भागमा भागेर पुगे पनि छोडिने छैन । उनीहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गरेरै छोडिने छ’, प्रधानमन्त्री ओलीले भने ।

अपराधीहरु कारबाहीको डरले भागेर जिन्दगी बिताए पनि कुनै न कुनै दिन पक्राउ पर्ने र उनीहरुले सजाय छुट नपाउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।