काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा ढलेर ज्यान गुमाउनेका परिवारलाई रोजगारीको व्यवस्था गर्ने बताएका छन् । त्रासदीपूर्ण भूकम्पबाट धेरै जनधनको क्षति भएको स्मरण गर्दै धरहरा ढलेर ज्यान गुमाउनेका परिवारलाई रोजगारीको व्यवस्था गर्ने बताएका हुन् ।
शनिबार धरहरा उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले धरहरा क्षेत्रमा उपलब्ध हुने रोजगारीमा मृतकका परिवारलाई प्राथमिकता दिने बताए । उनले परिवारका एक जनालाई प्राथमिकताका साथ रोजगारी उपलब्ध गराइने घोषणा समेत गरे ।




प्रतिक्रिया