समय र जमिन खेर नफाल्न प्रधानमन्त्रीको अपील

समय र जमिन खेर नफाल्न प्रधानमन्त्रीको अपील

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा निरर्थक बहस गर्ने समय सकिएको बताएका छन्।

झापा जिल्ला सभाको प्रथम बैठकलाई सम्बोधन गर्दै अाेलीले सरकार मुलुकबाट गरिवी र पछौटेपन हटाउनतिर लागेको जानकारी दिए।

“सुखी नेपाली , समृद्ध नेपालको आधार हो,” उनले भने, “नेपाल गरिब हुन सक्दैन, शासक गलत भएर केही समय पछि परेको हो।”

झापा हरेक चिजको सुपरजोन भएको बताउँदै प्रधानमन्त्रीले स्थानीय तहलाई ल्यान्ड पुलिङ योजना बनाउन निर्देशन दिए। उनले विकासको गुरु योजना बनाउन निर्देशन दिए। समय र जमिन खेर नफाल्न पनि प्रधानमन्त्रीको अपिल थियो।