नेपाली महिला टोलीलाई प्रधानमन्त्री ओलीले दिए जीतको शुभकामना

नेपाली महिला टोलीलाई प्रधानमन्त्री ओलीले दिए जीतको शुभकामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’का खेलाडीहरूलाई जीतको शुुभकामना दिएका छन् ।

श्रीलंकाको टोलीलाई जितेर शनिबार उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धाका लागि तयारीमा रहेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले शनिबार प्रधानमन्त्री निवास बालुुवाटारबाट भर्चुअल संवादका माध्यमबाट सफलताको शुुभकामना दिए ।

उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा बुधबार भएको खेलमा नेपालले प्रतिस्पर्धी श्रीलंकालाई हराएर उत्कृष्ट प्रदर्शन गरेको थियो ।