प्रधानमन्त्री ओलीको चीन भ्रमणको मिति टुंगो लाग्यो, असार पहिलो साता बेइजिङ जाने


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणमा जाने भएका छन् । असार ५ गतेदेखि १० गतेसम्म हुने भ्रमणको तालिका मिलाएर चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल बेइजिङ प्रस्थान गरिसकेको स्रोतले बतायो । ओली सर्वप्रथम सिचुवान पुग्ने कार्यतालिका छ ।

ओलीको यो पटकको भ्रमणमा चीनसँग अन्तर देशीय कनेक्टिभिटी अन्तरगत रेल सञ्जाल निर्माणसहितका परियोजनामा हस्ताक्षर हुने अनुमान गरिएको छ । यसअघि ओलीले सांघाई को-अपरेसन अर्घनाइजेसनको सम्मेलनको अवसरमा चीन जान चाहेका थिए । तर चीनले समय मिल्न नसक्ने भन्दै त्यसको दुई साता पछिका लागि भ्रमण तालिका मिलाएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement