प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे शिक्षण अस्पतालले निकाल्यो यस्तो विज्ञप्ति

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे शिक्षण अस्पतालले निकाल्यो यस्तो विज्ञप्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले औपचारिक जानकारी गराएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको शिक्षण अस्पतालले विज्ञप्तिमार्फत् जनाएको हो।

प्रम ओलीको छातिमा संक्रमण र चिनीको मात्रा असन्तुलित भएको कारण अस्पतालमा भर्ना गरिएको पनि अहिले सुधार भएको जानकारी शिक्षण अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले जानकारी गराए।

पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल तथा कांग्रेस सभापित एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए।