विप्लव समूहलाई ​हतियार बुझाउन प्रधानमन्त्री ओलीको आग्रह


विराटनगर –प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हतियार बुझाउन आग्रह गरेका छन्।

सुनसरीमा आयोजित कार्यक्रममा प्रम ओलीले पृथकतावादी र विखण्डनवादी आन्दोलन त्याग गरी वर्तमान संविधान स्वीकार गर्नेलाई सरकारले स्वागत गर्ने बताए।

उनले भ्रष्टाचार निर्मूल गरी मुलुकमा सुशासन कायम गरी जनताको विकासप्रतिको चाहनालाई वर्तमान सरकारले पूरा गर्ने बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement