गरिबी निवारण कोष सञ्चालनको कामप्रति प्रधानमन्त्री असन्तुष्ट, कार्यशैली परिवर्तन गर्न निर्देशन

गरिबी निवारण कोष सञ्चालनको कामप्रति प्रधानमन्त्री असन्तुष्ट, कार्यशैली परिवर्तन गर्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोष सञ्चालनको कार्यशैलि परिवर्तन गर्न निर्देशन दिएका छन्।

कोषका सञ्चालक समिति अध्यक्षसमेत रहेका प्रम ओलीले संघीय संरचना र स्थानीय तहको क्षेत्राधिकारलाईसमेत मध्यनजर गर्दै पुनःसंरचना गर्न आग्रह गरे। उनले कोषलाई गरिव र विपन्न वर्गको क्षमता विकासमा केन्द्रित हुन र उद्यमशीलता प्रवद्र्धन गर्दै गरिवी निवारणमा ठोस उपलब्धि हासिल हुने गरी कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिए।

प्रधानमन्त्रीले कोषका कार्यक्रमहरु थप पारदर्शी र जवाफदेही ढंगले सञ्चालन गर्न निर्देशन दिए।

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले गरिवी निवारण गर्ने जिम्मेवारी तीनवटै तहको भए पनि सामूदायिक संस्थाहरुको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहकै हुनुपर्ने विचार व्यक्त गरे।