फ्रान्सका उद्योगी, व्यवसायी प्रधानमन्त्रीको आग्रह: ऊर्जा, पूर्वाधारमा लगानी गर्नूस्

फ्रान्सका उद्योगी, व्यवसायी प्रधानमन्त्रीको आग्रह: ऊर्जा, पूर्वाधारमा लगानी गर्नूस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेरिस—युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलील नेपालमा लगानी गर्न फ्रान्सेली व्यावसायीलाई आग्रह गरेका छन्।

लन्डनबाट फ्रान्स पुगेका ओलीले राजनीतिक स्थायित्व, उपयोगमा ल्याउन बाँकी प्राकृतिक स्रोत, संभावना भएको बजार, कानुनी जटिलताहरूको अन्त्य, वैदेशिक लगानीका लागि प्राथमिकताका क्षेत्रहरूको छनौट आदि कारण नेपालमा लगानी मैत्री वातावरण बनेको कुरा उपस्थित उद्योगी व्यवसायीलाई बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सेली उद्यमीलाई नेपालमा ऊर्जा तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। फ्रान्सेली उद्यमीको छाता संगठन ‘मुभमेन्ट अफ दि इन्टरप्राइजेज अफ फ्रान्स’द्वारा पेरिसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक स्थायित्वसँगै लगानीमैत्री वातावरण बनेको उल्लेख गरे।

प्रधानमन्त्रीसँगै रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले फ्रान्सले नेपालका विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्न चाहेको उल्लेख गरेका छन्। यो वर्ष नेपाल र फ्रान्सबीच दौत्यसम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठ मनाइँदै छ ।