परराष्ट्र नीतिका सम्बन्धमा देशको दृष्टिकोण एउटै हुनुपर्छ : प्रधानमन्त्री ओली

परराष्ट्र नीतिका सम्बन्धमा देशको दृष्टिकोण एउटै हुनुपर्छ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र नीतिका सम्बन्धमा देशको दृष्टिकोण एउटै हुनुपर्ने बताएका छन् । परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय कार्यक्रमको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

“देशको परराष्ट्र नीति, व्यक्ति पिच्छे,पार्टी पिच्छे फरक हुनु हुदैन ” प्रधानमन्त्री ओलीले भने, “नेपालले एउटै विदेश नीति बनाएर अघि बढ्नु पर्दछ । ” प्रधानमन्त्री ओलीले नेपालले अब राजनीतिक कुटनीतिमा मात्र हैन आर्थिक कुटनीतिमा पनि ध्यान दिनु पर्ने बताए। “हाम्रो मुख्य उद्धेश्य देशलाई समृद्धिको बाटोेमा तिव्र गतिमा अघि बढाउने हो ” उनले भने, “हाम्रो क्षमता सीप र प्रविधिलाई विकास तर्फ केन्द्रित गर्नुपर्दछ । ”

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माण,नेपाल एकिकरण र सार्वभौमसत्ताको रक्षाको लागि विगतमा योगदान गर्ने सबैलाई आफूले स्मरण गर्न चाहेको बताए। विगतमा भन्दा नेपालको छिमेक सम्बन्ध सङ्लिएको उनले उल्लेख गरे।  “छिमेक नीतिका सम्बन्धमा हामीले थुप्रै कुरामा पुनरावलोकन गरेका छौं ” प्रधानमन्त्री ओलीले भने, “हाम्रो छिमेक सम्बन्ध सत्य,न्याय र विश्व व्यवस्थामा आधारित हुनुपर्दछ । हामी त्यता तर्फ नै केन्द्रित छौं । हाम्रो मुख्य उद्धेश्य नै सबैसँग मित्रता,छैन कसैसँग सत्रुता भन्ने हो ।”

प्रधानमन्त्री ओलीेले नेपाल केही समय पछि परे पनि अब त्यो स्थिति धेरै दिन कायम नरहने बताए । “केही कारणले हामी केही समयपछि प-यौं तर अब त्यो स्थिति रहदैन । तिव्र गतिमा अघि बढ्ने राष्ट्रिय लक्ष्य हामीले तयार गरिसकेका छौं ” उनले भने, “गरिबी माथीको हाम्रो प्रहार तिव्र छ । नेपालमा गरिबी अब लामो समय टिक्न सक्दैन ।”