दृष्टिविहीनले उज्यालो संसार पाउनुमा डा.रुइतकाे अतुलनीय याेगदान : प्रधानमन्त्री ओली

दृष्टिविहीनले उज्यालो संसार पाउनुमा डा.रुइतकाे अतुलनीय याेगदान : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले डा.सन्दुक रुइतले नेपालको गौरवपूर्ण परम्परालाई सम्झाएको बताएका छन्।

तिलगंगा आँखा प्रतिष्ठानको २५ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले विद्वान पूर्खाहरुको देश नेपालमा सन्दुकले आँखा उपचारको क्षेत्रमा चमत्कारिक काम गरेको बताए। ‘डा.रुइतले गौरवपूर्ण इतिहास सम्झाउनु भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘आँखा उपचारको लागि विश्वको अग्रणी संस्था स्थापना गरेर धेरैलाई नयाँ संसार देखाउन वहाँ सफल हुनुभएको छ । त्यस कारण वहाँलाई बधाइ र संस्थालाई उत्तरोत्तर प्रगतिको शुभकामना ।”

डा.रुइतको प्रयासमा अन्धोपनका धेरै बिरामीहरुले नयाँ उज्यालो संसार देख्न पाएको प्रधानमन्त्री ओलीको भनाइ छ । तिलगंगा आँखा अस्पतालको प्रेरणाबाट धेरै ले सेवामुखी अस्पताल खोल्ने प्रेरणा लिनु पर्ने वहाँको भनाइ छ ।

स्थापनाको २५ वर्ष मै धेरै उपलब्धी हासिल गर्न सकेको भन्दै प्रधानमन्त्री ओलीले रुइत र अस्पतालको  प्रशंसा गरे।  “तपाईंहरुका प्रयास र सेवा अनुकरणीय छन् ” प्रधानमन्त्री ओलीले भने, “सरकारको तर्फबाट तपाईंहरुलाई अनुसन्धान,तालिम र उपचारमा यथेष्ट सहयोग हुनेछ । ”