काठमाडौँमा दुई वर्षमै रेल कुदाउछौँ, हाँसेर नउडाउनूः प्रधानमन्त्री ओली

काठमाडौँमा दुई वर्षमै रेल कुदाउछौँ, हाँसेर नउडाउनूः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ‌ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्ष्भित्रमा राजधानी काठमाडौँ उपत्यकामा रेल कुदाएर देखाइदिने बताएका छन्। २९ औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रमको शुक्रबार भृकुटी मण्डपमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

’नयाँ परिस्थिति र सम्भावनामा देखिएका चुनौतीलाई सामना गरेर अगाडि बढ्छुु, उनले भने, ’आगामी २ वर्षमा काठमाडौँ उपत्यकामा रेल र समुद्रमा नेपाली झण्डासहितको पानी जहाज चलाउँछौँ।’

प्रधानमन्त्रीले समृद्धिका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै सर्वा्धिक रोजगारी सिर्जना गर्ने लघु तथा घरेलु उद्योगका क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाए। ’देश बनाउका लागि म कृतसंकल्पित छु, हाम्रो टिमको अठोट छ, मुलुक समृद्धिको बाटोमा अघि बढ्छ,’ उनले भने।

सकारात्मक परिवर्तनका लागि कष्टशाध्य प्रयास अभियानसहित सरकारले विविध कार्यक्रम ल्याउने उनले बताए । प्रधामन्त्री ओलीले गरेरै देखाउने भन्दै आफ्ना प्रतिबद्धतालाई नउडाउन आग्रहसमेत गरेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

उद्योगी तथा व्यवसायीको मनोबल कमजोर हुन नदिने बताउँदै उनले आआफ्ना विशेषताअनुसारको उद्योग र उद्यमशीलतालाई प्रवर्द्धन गरेर अघि बढ्ने दाबी गरे।