काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तुलित छिमेक नीति नेपालको समृद्धिको आधार भएको बताएका छन्।
शनिबार आफ्नो ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक कार्यक्रममा उनले समृद्धिका लागि सन्तुलित,प्रभावकारी र उचित छिमेक सम्बन्ध र वैदेशिक सम्बन्ध विकास गर्न आवश्यक रहेको बताए।
दुई ढुंगाबीचको तरुल भनेर नकारात्मक ढंगले भन्दा छिमेकीहरूबीचको सम्बन्ध सन्तुलित बनाएर समृद्धि हासिल गर्न सकिने उनले बताए।
दुवै छिमेकी देशहरूका राजनीतिक, आर्थिक र सामाजिक प्रवृतिमा भिन्न भए पनि सम्बन्धमा सन्तुलन राख्न सकिने प्रधानमन्त्री ओलीले उल्लेख गरे। ‘देशको यो स्थिति, यो आकारलाई नकारात्मक ढंगले बुझ्ने र त्यसैलाई दोष लगाएर बस्ने दुई। ठूला ढुंगाका बीचको सानो तरुल भनेर फैलिन पाउँदैन होला। फैलिन परेको छैन्।
यसैमा समृद्धि बनाएर हुन्छ नी। हामी दुई ढुंगाको बीचमा छौँ भने फैलिन नपाउने होला तर यहि समृद्धि हासिल गर्न सकिन्छ। त्यसका लागि हामीले सन्तुलित, प्रभावकारी र उचित प्रकारको छिमेक सम्बन्ध र वैदेशिक सम्बन्ध विकास गर्न आवश्यक छ’, उनले भने, ‘सूर्य, चन्द्रमा र पृथ्वी पनि आफ्नो सन्तुलनमा घुमेका छन्।
प्रधानमन्त्री ओलीले जनता सार्वभौम हुने र जनता नै निर्णायक भएको लोकतान्त्रिक प्रणाली देशमा कायम रहेको बताए । जनताभन्दा माथि कोही नहुने उल्लेख गर्दै ओलीले सार्वभौम भएपछि ढंग पु¥याउन सकिएन भने केही गर्न नसकिने बताए ।




प्रतिक्रिया