प्रधानमन्त्री ओली, पद्मा अर्याललगायत नौ जनाविरुद्ध सर्वोच्चमा मुद्धा दायर

प्रधानमन्त्री ओली, पद्मा अर्याललगायत नौ जनाविरुद्ध सर्वोच्चमा मुद्धा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – फेवाताल अतिक्रमण विवादमा अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ९ जनाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा मुद्धा दायर गरेका छन् ।

फेवातालको मुद्दामा सर्वोच्चले गरेको आदेश कार्यान्वयनमा कसैले पनि आफ्नो दायित्व निर्वाह नगरेको भन्दै सुवेदीले प्रधानमन्त्री केपी ओली, भूमि सुधार तथा व्यवस्था मन्त्री पद्मा अर्याल, वनमन्त्री शक्ति बस्नेत, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव डिल्लिराम घिमिरे, भूमि सुधार सचिव गोपीनाथ मैनाली, गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ र प्रदेशमन्त्री विकास लम्सालसहित नौ जनालाई विपक्षी बनाएर सर्वोच्चमा अवहेलना मुद्दा दायर गरेका हुन् ।

सर्वोच्चले दिएको ६ महिनाको समयमा कुनै पनि निकायले आफ्नो जिम्मेवारी पूरा नगरी कटाएको निवेदनमा उल्लेख छ ।

प्रधानमन्त्री कार्यालयले फेवातालको जमिनको क्षेत्र छुट्टाउनु पर्ने र भूमि सुधार मन्त्रालयले रेखाङ्कन गर्नुपर्ने जिम्मेवारी सर्वोच्चको फैसलाले दिएको थियो । तर, उक्त कार्य सुरुवात नै नभई समय सिमा समाप्त भएपछि सुवेदीले सर्वोच्चमा अर्को मुद्दा दायर गरेका हुन् ।