राजनीतिक तह र सरकारी निकायबाटै असहयोग भयो : प्रधानमन्त्री ओली 


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी हमला भइरहेको आरोप लगाएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बुधवार बोल्दै प्रधानमन्त्री ओलीले आफुले राम्रो काम गर्दागर्दै पनि सरकारमाथि हमला भइरहेको गुनासो पोखे । 

प्रधानमन्त्रीले सरकारी संयन्त्रबाट पनि असहयोग भइरहेको खुलासा गरेका छन् । उनले मेलम्ची खानेपानी आयोजनाको हकमा समेत आफूलाई सही ब्रिफिङ नहुंदा आयोजना प्रभावित भएको बताए । 

प्रधानमन्त्रीले भने ‘सवैतिर असहयोगको वातावरण बनेको छ । खुलेआम सरकारलाई बदनाम गर्ने राजनीतिक तहबाट पहिलेदेखि नै खेल हुंदै आएको कुरा हो, तर पछिल्लो समय सरकारी निकायबाटै भएको छ। यसमा हामी सजग हुनु जरुरी छ। ’ 

प्रधानमन्त्री राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको गति चित्त बुझ्दो नभएको भन्दै असन्तुष्टि समेत पोखेका छन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement