प्रधानमन्त्री ओली अस्वस्थ, प्रचण्डले लिए स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्री ओली अस्वस्थ, प्रचण्डले लिए स्वास्थ्य अवस्थाबारे जानकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । ओलीलाई गएरातिदेखि नै झाडा पखाला लागेको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।

 प्रधानमन्त्री बिरामी भएपछि उनलाई भेट्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

झाडा पखाला नरोकिएपछि घरमै चिकित्सक बोलाएर प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरिएको छ । चिकित्सकका अनुसार अहिले प्रधानमन्त्री बालुवाटारमै औषधि सेवन गरेर आराम गरिरहेका छन् । उनको सबै राजनीतिक भेटघाट स्थगित गरिएको छ ।