प्रधानमन्त्री र अध्यक्ष दुवै नछोड्ने ओलीको अडान, बादलको मध्यमार्गी प्रस्ताव खारेज

प्रधानमन्त्री र अध्यक्ष दुवै नछोड्ने ओलीको अडान, बादलको मध्यमार्गी प्रस्ताव खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपाको सचिवालय वैठकमा नेताहरुबीच भनाभन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले दुवै पदबाट नछोड्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री ‘ओलीले जे गर्न मन लाग्छ गर्नुस’ भन्दै आफुले सचिवालयको निर्णय नमान्ने स्पष्ट पारेको स्रोतले बतायो ।

उनले आफुमाथी लगाएका आरोपका विषयमा कुनै कमिटीमा छलफल हुन नसक्ने भन्दै पहिले कार्यकारी अध्यक्षले प्रस्तुत गरेको आरोपपत्र फिर्ता हुनुपर्ने अडान राखेका थिए । प्रधानमन्त्रीको उक्त भनाईपछि सचिवालयका अन्य सदस्यहरुको त्यसको प्रतिवाद गरेका थिए । उनिहरुले बैठकबाट भाग्न नमिल्ने बताएका थिए । तर,प्रधानमन्त्रीले जुनुसुकै बैठकमा छलफल भएपनि आफुले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने स्पष्ट पारेका थिए ।

बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयका आएका प्रस्तावहरु स्थायी कमिटीको बैठकमा लैजाने प्रस्ताव गरेका थिए । त्यसमा सचिवालयका सदस्यहरु झलनाथ,खनाल,वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सहमती जनाएका थिए । वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीले अहिले पनि गल्ती स्विकार नगरेको र आफु सुप्रिमो हो भन्ने दम्भ रहेको भन्दै उनको आलोचना गरे ।

गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापाले दुवै अध्यक्षको प्रतिवेदनलाई मिलाएर साझा प्रस्ताव तयार गरौ भन्दै उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा कार्यदल गठनको प्रस्ताव राखेका थिए । त्यसमा महासचिव विष्णु पौडेल र ईश्वर पोखरेलले समर्थन जनाएका थिए ।

तर,सचिवालयका बहुमत सदस्यले त्यसमा विरोध जनाएका थिए । उनिहरुले कार्यदलको औचित्य समाप्त भएको भन्दै जे निर्णय भएपनि स्थायी समितीबाटै गर्नुपर्ने भन्दै उक्त प्रस्ताव अस्विकार गरेका छन् । वादलको प्रस्तावमा उपाध्यक्ष वामदेव गौतमले समेत कार्यदलको काम नभएको भन्दै आफु उक्त कार्यदलमा नबस्ने बताएका थिए ।

प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, महासचिव वादल र उपप्रधानमन्त्री पोखरेलको असमतिका बावजुत भोली १ बजे स्थायी समितीको बैठकले बोलाउने निर्णय भएपनि प्रधानमन्त्री ओली पक्षीय नेताहरु सहभागी हुने सम्भावना कम भएको स्रोतको दावी छ ।

शुक्रवार सांझ प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच लामो टेलिफोन वार्ता भएको थियो । सचिवालय बैठकअघि समेत दुवै नेताबीच छलफल भएपछि सचिवालय बैठक सुचारु भएको थियो । तर, वैठकमा नेताहरुबीच बाझाबाझ भएपछी सचिवालय वैठकमा सहमती जुट्न सकेन । नेकपाको सचिवालय समस्या समाधान गर्न असफल भएपछि नेता कार्यकर्ताहरुले सचिवालय खारेज गर्नुपर्ने भन्दै तिव्र असन्तुष्टि जनाईरहेका छन् ।

भोली बस्ने स्थायी समितिको बैठकमा डकुमेण्ट वितरण गर्ने र अध्ययनको लागी केही दिन समय दिने र सहमतिका लागी संवादलाई जारी राख्ने प्रचण्डसहितका नेताहरुको तयारी छ ।