काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोकसभा चुनावमा विजयी भएकोमा बधाइ दिएका छन् ।
भारतमा भएको निर्वाचनको बिहीबार मतगणना जारी छ । प्रधानमन्त्री मोदी र उनको दल बहुमतसहित पुनः निर्वा्चित हुने निश्चित देखिएपछि प्रधानमन्त्री ओलीले बिहिबार ट्विट गर्दै बधाई दिएका हुन् ।
‘प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई लोकसभा चुनाव २०१९ मा प्राप्त गरेको चुनावी जीतका लागि बधाई दिन्छु’, ट्विटरमा प्रधानमन्त्री ओलीले लेखेका छन, ‘आगामी दिनमा सफलताको कामना गर्छु । निकट सम्बन्धमा रहेर काम अघि बढाउन प्रतीक्षारत छु ।’
देशैभर प्रधानमन्त्री मोदीको दलले ठूलो मतान्तरसहित अग्रता कायम गरेको छ भने तीन ठाउँमा उम्मेदवार बनेका मोदीले पनि भारी मतसहित अग्रता कायम गरेका छन् ।
नेपालसहित विभिन्न देशका नेताहरुले भारतीय प्रधानमन्त्री मोदीलाई चुनावी जीतका लागि बधाई दिएका छन् । भारतमा जारी मतगणमा प्रधानमन्त्री मोदी पुनः सत्तामा दोहोरिने निश्चित भएको छ ।
भारतको निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको परिणाम अनुसार भाजपाले २ सय ८९ स्थानमा आग्रता कायम गरेको छ।
I extend warmest congratulations to Prime Minister @narendramodi ji for landslide election victory in the Lok Sabha Elections 2019. I wish all success ahead. I look forward to working closely with you. #PMOIndia
— K P Sharma Oli (@kpsharmaoli) May 23, 2019




प्रतिक्रिया