बालाई सँगै राखेर प्रधानमन्त्रीले मनाए ६९ औं ‘जन्मदिन’

बालाई सँगै राखेर प्रधानमन्त्रीले मनाए ६९ औं ‘जन्मदिन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ६९ औं जन्मदिन मनाएका छन् ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आइतबार विहान बालुवाटारमा केक काटेर बर्थडे सेलिब्रेसन गरेका हुन् ।

झापामा नै बस्ने प्रधानमन्त्री का बुवा मोहनप्रसाद ओली पनि छोरामको जन्मदिन मनाउन बालुवाटार आएका छन् । उनको जन्मदिनमा औपचारिक कार्यक्रम नराखिएपनि उनका सुभेच्छकहरुले बालुवाटारमै पुगेर बधाई तथा शुभकामना दिएका थिए ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायतले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरे ।

प्रधानमन्त्री ओली आजै पुख्यौली थलो तेह्रथुम प्रस्थान गरेका छन् । प्रधानमन्त्री आउने भएपछि तेह्रथुमको आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

प्रधानमन्त्री ओलीले जन्मदिनकै अससर पारेर शनिबार ‘भिजन टु एक्सन’ किताव ल्याएका थिए ।