प्रधानमन्त्री ओलीको उपचार बुधबार सकिने

प्रधानमन्त्री ओलीको उपचार बुधबार सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एक सातादेखि सिंगापुरमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया बुधबार पूरा हुने भएको छ ।

बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताएका छन् ।

आइतबार ट्विट गर्दै अर्यालले लेखेका छन्, ’सम्माननीय प्रमको प्लाजाफेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टबडीलाई निराकरण गर्ने उपचार जारी छ । प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार भोलि सोमबार छैठौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ। प्रमको स्वास्थ्य अवस्था सामान्य छ ।’

पा्रधानमन्त्री भदौ ५ गते उपचारको लागि सिंगापुर प्रस्थान गरेका थिए । ६ गतेदेखि नै सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरेसिसको उपचार सुरु गरिएको थियो ।