ओली प्रचण्डबीच ‘वान टू वान’ वार्ता, भयो यस्तो सहमती


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो साढे दुई घन्टा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे १२ बजे सुरू भएको बैठक दिउँसो तीन बजे सकिएको हो । भेटमा दुई अध्यक्षले सार्वजनिक हुन नसकेको पार्टीको राजनीतिक प्रतिवेदन टुंग्याएर प्रकाशन गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

छलफलमा दुई अध्यक्षले यही आउँदो शुक्रबार पार्टी सचिवालय बैठक बोलाउने निर्णय गरेका छन् । सांगठनिक विभागको जिम्मेवारी लगायतका विषयमा सदस्यहरूबीच कुरा नमिलेपछि जेठ २३ गते स्थगित भएको नेकपा सचिवालय बैठक त्यसयता बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement