प्रधानमन्त्री ओली आज काठमाडौं आउँदै

प्रधानमन्त्री ओली आज काठमाडौं आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमवार) स्वदेश फर्किने भएका छन् । सोमबार अपराह्न थाइ एयरलाइन्सबाट उनी काठमाडौं फर्किने भएका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीको स्वदेश फर्किने कार्यक्रम दुईपटक स्थगित भईसकेको छ । स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्ट आउन समय लागेपछि ओलीको सिंगापुर बसाइ लम्बिएको जनाइएको हो ।

स्वास्थ्य परीक्षणका सबै रिपोर्ट सकारात्मक आएकाले प्रधानमन्त्री सोमबार दिउँसो स्वदेश फर्कने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।