एकै मञ्चमा देखिए चार पूर्वप्रधानमन्त्री (तस्बिरहरु)

एकै मञ्चमा देखिए चार पूर्वप्रधानमन्त्री (तस्बिरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल कार्यक्रममा सहभागी छन्। यी चारै जना पूर्वप्रधानमन्त्री हुन्। 

उनीहरूसँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समेत एकै मञ्चमा देखिएकी छन्। 

नेकपा संयोजक प्रचण्डले शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा एमालेसँग संसद र सडक दुवै मोर्चामा मिलेर अघि बढ्ने बताएका थिए। उनलेआफ्नो राजनीतिक यात्रामा अन्तिम ‘क्रमभंग’ हुने जानकारी दिएका थिए। उनले त्यसका लागि कार्यकर्ताहरूलाई तयार रहन आग्रह गरेका थिए।

मदन भण्डारीको ७५ औं जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा चार पूर्वप्रधानमन्त्रीहरू एकै मञ्चमा देखिएका छन् ।