काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि नेपाली नागरिकले भोकै बस्न नपर्नेगरि नेपाललाई विकसित गर्ने बताएका छन् ।
शनिवार पुनर्निर्माण धरहराको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने , ‘हामीले सडक बालबालिकाहरू सडकमा देखिने स्थितिको अन्त्य गरेका छौँ , मैले भनेको छु। काठमाण्डुका सडक भरी सहयोगापेक्षी मानवहरू हुन्थे अहिले देखा पर्दैनन् । देखा परिहाले भने उनीहरूको हामीले व्यवस्थापन गछौँ ।
उनले २०७८ साल सडक बालबालिका मुक्त, सडक सहयोगापेक्षी मानव मुक्त, सडक भिखारी मुक्त बनाउने घोषण समेत गरे । उनले दुखी गरिबको अभिभावकत्व लिने सरकार भएकाले कसैलेपनि दुख झेल्नु नपर्ने बताए ।
यस्तै प्रधानमन्त्री ओलीले देशलाई दाताको हैसियतमा उठाउन आ–आफ्नो ठाउँबाट प्रयास गर्न आह्वान समेत गरेका छन्। अहिले हामी दाता कहाँ भेटिएला भनेर सहयोगको अपेक्षा गर्ने अवस्थाको अन्त्य गर्न सबैले आ-आफ्नो ठाउबाट सहयोग गर्नुपर्ने बताए ।
धरहरा उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘देशभित्र र बाहिर रहेका थुप्रै नेपालीहरुको २४ रुपैयाँ यसमा सहयोग परेको छ । त्यसैले जनताका थुप्रै भावनाहरु यसमा मिसिएका छन् । यो हाम्रो भावनासँग जोडिएको छ, हाम्रो गौरवसँग जोडिएको छ ।’
यसैबीच प्रधानमन्त्री ओलीले धरहरा भत्किँदा बाँच्न सफल भएकी बल्खु काठमाण्डुकी रमिला श्रेष्ठलाई सम्मान गरिएको छ । २०७२ वैशाख १२ गते धरहरामा चढेर उपत्यका अवलोकन गर्नेक्रममा भूकम्प जाँदा उनी घाइते भएकी थिइन् ।




प्रतिक्रिया