प्रधानमन्त्री ओलीले पाए डाक्टरको उपाधि

प्रधानमन्त्री ओलीले पाए डाक्टरको उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो पटक मानार्थ विद्यावारिधीको उपाधी पाएका छन् । उनलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधी प्रदान गरेको हो ।

आज एक कार्यक्रमको आयोजना गरेर विश्विद्यालयलका प्रेसिडेन्ट डा. शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधी प्रदान गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै उक्त विश्वविद्यालयले सो उपाधी प्रदान गरेको जनाएका छन् ।

उपाधी ग्रहण पछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधी कोरियाले सम्पूर्ण नेपालीले गरेको सम्मानको रुपमा लिएको बताएका छन् । ‘यो सम्मान मेरो व्यक्तिगत होइन सम्पूर्ण नेपालीको सम्मान हो’, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताएका छन् । ‘कोरिया सही नीति, सही दृष्टिकोण र दृढ संकलपबाट छोटो समयमा विकासको उच्च विन्दुमा पुग्यो’, प्रधानमन्त्री ओलीले भने, ‘नेपाल केही समयपछि प¥यो तर अहिलेको सरकारको नेतृत्वले सही नीति र दृष्टिकोण लिएर अघि बढेकोले नेपाल पनि अब छोटो समयमै विकसित हुनेछ ।’