काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तत्कालीन गठबन्धनलाई सघाएबापत् संसदमा उसको दलको प्रतिनिधित्व सुनिश्चित गराउने सहमति भएको भन्दै नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले संसदमा आफ्नो दललाई सहभागी गराउन माग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण सकेर स्वदेश फर्किलगत्तै आइतबार बालुवाटारमा भेटेर ढकालले गत निर्वाचनका बेला परिवार दलले तीन बुँदे सहमति गरी वाम गठबन्धनलाई सघाएको भन्दै संसदमा आफ्नो दलको प्रतिनिधित्वबारे माग गरेका हुन् ।
ढकालले त्यतिबेलाको सहमति अहिलेसम्म पनि कार्यान्वयन नभएपछि प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराइएको बताए ।
चुनावको बेला परिवार दलले वाम गठबन्धनलाई सघाउँदै सूर्य चुनाव चिन्ह लिएर लड्ने र त्यसबापत प्रतिनिधि सभामा परिवार दलको प्रतिनिधित्व गराउने सहमति भएको जारी विज्ञप्तीमा भनिएको छ ।
यसबारे भेटमा प्रधानमन्त्रीले पार्टी सचिवालयमा छलफल गरेर जानकारी गराउने बताएको पनि ढकालले बताए ।




प्रतिक्रिया