काठमाडौं – प्रधानमन्त्री केपी ओलीको पेटमा राखिएको ‘स्टन्ट’ निकालिएको छ ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि फलोअपका लागि अस्पताल पुगेका प्रधानमन्त्री ओलीको आइतबार पिसाब नलीमा राखिएको ‘स्टन्ट’ निकालिएको हो ।
मिर्गौला प्रत्यारोपणका क्रममा उनको पिसाब नलीमा राखिएको स्टन्ट निकालिएको र अहिले प्रधानमन्त्रीको थप स्वास्थ्य जाँच भइरहेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए ।
फागुन १९ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरेर २९ फागुनमा डिस्चार्ज भएका थिए । प्रधानमन्त्री ओलीलाई भाञ्जी नाताकी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् ।




प्रतिक्रिया