काठमाडौं – बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकः सुधार आएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न बिहिबार अस्पताल पुगेका रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै आएको बताए ।
साथै मन्त्री पोखरेलले प्रधानमन्त्रीले बिहीबार बिहान कालो चिया पिएको समेत जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । उहाँले बिहान कालो चिया पिउनुभएको जानकारी चिकित्सकले दिनु भएको छ ।’
सोमबार अस्पताल भर्ना भएका ओलीलाई समिक्षा संग्रौलाले आफ्नो मिर्गौला प्रदान गरेकी थिइन् ।




प्रतिक्रिया