काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जानकारी दिएको छ ।
स्वास्थ्यमा सुधार आउन थालेपछि प्रधानमन्त्रीलाई नियमित सन्तुलित आहार खुवाउन थालिएकाे र नियमित हिडडुल गराउन थालिएको अस्पतालले जनाएकाे छ ।
अस्पतालले जारी गरेको स्वास्थ्य अपडेटमा अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले आइतबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको भाइटल तथा ल्याव सुचकाँकहरु पनि सामान्य रहेको उल्लेख छ ।
त्यस्तै, प्रधानमन्त्रीको मिर्गौला दाता समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।





प्रतिक्रिया