स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीको ‘ट्वीट’ : म स्वस्थ्य भएको छु

स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीको ‘ट्वीट’ : म स्वस्थ्य भएको छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । सिंगापुरबाट १० दिने लामो उपचार गरेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो स्वास्थ्य अवस्था राम्रो भएको बताएका हुन् ।

उनले आफ्नो उपचारमा संलग्न सम्पूर्ण चिकित्सकप्रति आभार प्रकट गरेका छन् । उनले आफ्नो स्वास्थ्यप्रति गम्भीर चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्णलाई धन्यबाद दिएका छन् ।

‘सिंगापुरमा स्वास्थ्य परिक्षण गरी आज स्वदेश फर्किएको छ । मेरो स्वास्थ्य सामान्य रहेका छ । परिक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु । मेरो स्वास्थ्य स्थितीप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्य लाभको कामना गर्नुहुने सबै दिदीबहिनी–दाजुभाईहरुलाई धन्यबाद दिन चाह्छु’ उनले भनेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्न नमानेका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालमा भने जानकारी गराएका हुन् । प्रधानमन्त्री ओली थाइ एयरवेजको बिमानबाट सवा १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा नेता वामदेव गौतम, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतले उनलाई स्वागत गरेका थिए ।