प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार : शिक्षण अस्पताल

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार : शिक्षण अस्पताल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा.उत्तमकृष्ण श्रेष्ठले सोमबार एक प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी गराएका हुन् ।

‘मंगलबार शल्यक्रिया पश्चात सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखी उपचार भइरहेको छ । हालसम्म सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको व्यहोरा जानकारी गराइन्छ,’ अस्पतालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री आईसीयुभित्रै सामान्य हिँडडुल गर्न सक्षम रहेको र बोलीचालीमा कुनै समस्या नरहेको अस्पतालले जनाएको छ । उनले आइतबार सुरु भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) आईसीयूबाटै हेरेका थिए ।