प्रधानमन्त्री ओलीद्वारा हावाहुरी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट निरीक्षण

प्रधानमन्त्री ओलीद्वारा हावाहुरी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट निरीक्षण


बारा – प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा हावाहुरीबाट प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गरेका छन् । यनले बाराको सबैभन्दा प्रभावित फेटामा हेलिकप्टरबाट निरीक्षण गरेका हुन्।

आइतबार विभिन्न कार्यक्रममा भाग लिन गृहजिल्ला मोरङ र झापा पुगेका प्रधानमन्त्री ओली तथा गृहमन्त्री रामबहादुर थापा बादल नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार बारामा ओर्लिएका हुन् ।

प्रधानमन्त्रीसँगै घटनास्थलमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा बादल पनि छन् ।साथै कलैयामा प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र तीनवटै सुरक्षा निकायका प्रमुखहरु सहभागी छन् । असिना सहित परेको पानीले २७ जनाको ज्यान गएको छ,। भने दर्जनौं घाइतेकोहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।