काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भेट्न मन्त्री निवास पुगेका छन् ।
शनिबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचडलाई भेट्न खुमलटार पुगेका प्रधानमन्त्री ओली त्यहाँबाट बाहिरिएलगत्तै पुल्चोकस्थित मन्त्री निवास पुगेका हुन् ।
खुमलटारमा प्रचण्डसँगको भेटपछि प्रधामन्त्री ओलीले मन्त्री निवासमै पुगेर गृहमन्त्री थापासँग छलफल गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले जानकारी दिए ।
दाहाल र ओलीबीच खुमलटारमा छलफल भइरहेकै बेला पार्टी उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए ।
यसैबीच पार्टीका वरिष्ठ नेता तथा माधवकुमार नेपाल पनि खुमलटार पुगेका छन् । अहिले दाहाल र नेपालबीच छलफल भइरहेको दाहालको सचिवालयले जनाएको छ ।
पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला एकपछि अर्को गरी नेताहरु प्रचण्डलाई भेट्न खुमलटार जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।




प्रतिक्रिया