प्रधानमन्त्री ओलीलाई ‘एपेन्डिसाइटिस’, शल्यक्रिया गरिँदै

प्रधानमन्त्री ओलीलाई ‘एपेन्डिसाइटिस’, शल्यक्रिया गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नियमित स्वास्थ्य परीक्षण गर्न महाराजगञ्जस्थित त्रिवि शिक्षण पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ ।

आज (मंगलबार) बिहानै त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षण गर्दा एपेन्डिसाइटिससम्बन्धी समस्या देखिएपछि अहिले एपेन्डिसाइटिस शल्यक्रिया गर्ने तयारी भइरहेको छ ।

१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको केही दिनअघि मात्र ग्रान्डी अस्पतालमा उनको चौथोपटक डायलासिस गरिएको थियो ।

प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको बताएपनि उपचारमा संलग्न चिकित्कसले प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएको बताएपछि उनलाई अस्पतालमा भर्ना गरेर उपचार थालिएको अस्पतालले जनाएको छ ।