डायलासिस गर्न प्रधानमन्त्री पुगे अस्पताल

डायलासिस गर्न प्रधानमन्त्री पुगे अस्पताल


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक कार्डियोभास्कुलर सेन्टर पुगेका छन् ।
प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि बिहिबार दिउँसो अस्पताल पुगेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको ग्रान्डी इन्टरनेसनल अस्पतालमा चार पटकसम्म डायलासिस गरिएको थियो । प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि ओलीको नियमित डायलासिस सुरु गरिएको हो । प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो ।