अस्पतालबाटै प्रधानमन्त्रीले भने : चाँडैं काममा फर्किन्छु

अस्पतालबाटै प्रधानमन्त्रीले भने : चाँडैं काममा फर्किन्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको बेडबाटै आफु चाँडै नै काममा फर्किने बताएका छन् ।

बुधबारदेखि ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचाररत प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलवाजी भइरहेका बेला बिहीबार बिहान प्रधानमन्त्री ओलीले अस्पतालको बेडबाटै आफू चाडै नियमित काममा फर्कने बताएका उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

अर्यालले भने, ‘आज बिहान मैले पनि गएर भेटे । राम्रोसँग कुरा गर्नुभयो । उहाँको स्वास्थ्य अवस्था समान्य छ । उहाँले आफु चाडै काममा फर्कने बताउनुभयोे ।’

प्रधानमन्त्री ओलीलाई बुधबार अस्पताल भर्ना गरिएपछि उपप्रधान तथा तथा रक्षामन्त्री ईश्वर पोखरेल प्रधानमनत्री ओलीलाई भेट्न अस्पताल पुगेका थिए । मन्त्री पोखरेलबाहेक अरु कसैले पनि अस्पतालमा भेटघाट नगरेको सल्लाहकार अर्यालले जानकारी दिए ।

ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्रीलाई चिकित्सकहरूले बिहीबार दिउँसो डिस्चार्ज गर्ने तयारी गरेका छन् । अस्पतालमा प्रप्रधानमन्त्रीको उपचारका लागि डा. सिहबाहेक डा. चक्रराज पाण्डे, दीलिप शर्मा र डा. प्रेम ज्ञवालीको टिम उपचारमा संलग्न रहेका छन् ।