काठमाडौं – एपेन्डिसाइटिसको सफल अप्रेशनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइसीयूमा सारिएको छ । त्रिवि शिक्षण अस्पताल अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अप्रेशन गराएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेकाले आइसीयूमा सारिएको अस्पतालले जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका छन् । प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेसन मंगलबार मध्यान्ह १२ः४५ बजे सफलतापूर्वक सम्पन्न भएको प्रेस सल्लाहकार थापाले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेशन गरेपछि आईसीयुमा लगिएका प्रमलाई कम्तीमा तीन दिन अस्पतालमै राखिने भएको छ । सोमबार रातभर पेट दुखेर पखाला लागेपछि प्रमलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।





प्रतिक्रिया