बुधबार मिर्गौला प्रत्यारोपण गर्दै प्रधानमन्त्री ओली

बुधबार मिर्गौला प्रत्यारोपण गर्दै प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मिर्गौला प्रत्यारोपण गर्ने भएका छन् । उनले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रो मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार मध्यान्ह बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले आफ्नो उपचार योजनाबारे जानकारी गराएका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनी मिर्गौला प्रत्यारोपणका लागि साेमबार नै शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुने नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए ।

यसअघि २०६३ मा पहिलोपटक दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको यो दोस्रो मिर्गौला प्रत्यारोपण हुनेछ ।