मिर्गौला प्रत्यारोपणको तयारी गर्दै प्रधानमन्त्री

मिर्गौला प्रत्यारोपणको तयारी गर्दै प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दास्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने भएका छन् । उनले एक महिनाभित्रै मिर्गौला प्रत्यारोपण गर्ने गरी तयारी सुरु गरेका छन् ।

मंगलबार प्रधानमन्त्री ओलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर मुटुको एन्जिओग्राफी गरेका छन् । मिर्गौला प्रत्यारोपण गर्नुभन्दा पहिला झण्डै एक महिनादेखि स्वास्थ्य परिक्षण गरिनुपर्ने भएकाले प्रधानमन्त्रीले पनि परीक्षण सुरु गरेको उपचारमा उपचारमा संलग्न डा. अरुण सायमीले बताए ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको मिर्गौलाले काम गर्न छोडेको छ । अहिले उनको सातामा एक पटक मिर्गौलाको डायलासिस गरिँदै आइरहेको छ । प्रधानमन्त्री ओलीले नेपालमै मिर्गौला प्रत्यारोपण गराउन चाहेको उच्च स्रोतको दाबी छ ।