प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै मोदीले पठाए चिठी

प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै मोदीले पठाए चिठी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

शनिबार भारतीय दूतावासमार्फत मोदीले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै पत्र पठाएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । यस्तै भुटानका प्रधानमन्त्री डाक्टर लोटे छिरिङले पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली गत मंगलबारदेखि अस्पतालमा उपचारत छन् । एपेन्डिसाइटिस भएपछि मंगलबार बिहान अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीको सोही दिन शल्यक्रिया गरिएको थियो ।