प्रधानमन्त्रीको आज काठमाडौं फर्किने कार्यक्रम स्थगित, भोली मात्र आउने

प्रधानमन्त्रीको आज काठमाडौं फर्किने कार्यक्रम स्थगित, भोली मात्र आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्किने भएका छन् ।

स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेका उनी स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी रहेकाले आज (आइतबार) स्वदेश फर्किने कार्यतालिका रहेपनि आजको कार्यक्रम स्थगित गरेर सोमबार मात्रै नेपाल फर्किने भएका हुन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार अस्पतालले आइतबार साँझसम्ममा रिपोर्ट आउने जानकारी दिएको छ । यसकारण प्रधानमन्त्री ओली थाइ एयरबाट सोमबार दिउँसो साढे १२ बजे नेपाल आइपुग्ने कार्यतालिका रहेको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण सिंगापुरस्थित नेसनल युनिभर्सिटीमा भईरहेको छ । उनी यही साउन १८ गते सिंगापुर प्रस्थान गरेका थिए।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य छन्।