परिणामहिन बहसमा सामाजिक सञ्जालको दुरुपयोग गर्न लागेका फुर्सदिला युवाहरुको चिन्ता छ : प्रधानमन्त्री ओली

परिणामहिन बहसमा सामाजिक सञ्जालको दुरुपयोग गर्न लागेका फुर्सदिला युवाहरुको चिन्ता छ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लागि केही गर्छु भनेर विभिन्न इनोभेटिभ प्रयासहरु थालेका युवाहरुप्रति आफुलाई गर्व लागेको बताएका छन् ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुडिखेलमा आयोजिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशका उर्जावान युवाले देशका विभिन्न क्षेत्रमा वस्तु उत्पादन गरेर, कतिले सेवा सिर्जना गरेर समाजलाई गुन लगाइरहेका युवाप्रति आफुलाई गर्व रहेको बताउँदै फुर्सदिला युवाहरुको आफुलाई चिन्ता लागेको पनि बताए ।

उनले भने, ‘मलाई चिन्ता एउटा पुस्ताको पनि लागिरहेको छ, जुन पुस्ताले आफ्नो उर्जावान क्षमतालाई विकास निर्माणमा होइन परिणमहिन बहसमा सामाजिक सञ्जालको दुरुपयोग गर्नमा लागिपरेका छन् । जसका कारण समाजमा अशिष्टता र परपीडनको भाषा बोल्न सिङ्गो समाजलाई प्रेरित गरिरहेको छ । जो युवा समाजसँग संस्कार र सकारात्मक अनुभव साटासाट गर्न चुकिरहेको छ ।’

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका पक्षमा पक्ष र प्रतिपक्ष नहुने भन्दै त्यसमा सबैको भूमिका उस्तै रहनुपर्ने बताउँदै उनले संविधानप्रति असन्तुष्टि राख्ने र संविधानभन्दा बाहिर रहेकाहरुलाई राजनीतिक मुलधारमा आउन ढिला नगर्न आग्रह गरे ।

‘राजनीतिक आन्दोलनको चरण पुरा भएको छ । अब पनि राजनीतिको नाममा शान्तिसुरक्षा र एकता खल्बल्याउने काम भए सरकारले त्यसलाई रोक्छ,’ प्रधानमन्त्रीले भने, ‘लोकतान्त्रिक प्रणाली सुदृढ भएमात्रै जनता सुखी हुन्छन् ।’

संविधान दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधानको धारा, दफा वा भागमा रहेका अधिकारहरु के कति मिल्दैनन्, जे मिल्दैन जुन अग्रगतिका लागि तगारो बन्छ त्यसलाई त्यही बेला बिधिसम्मत ढङ्गले मिलाउँदै सच्याउँदै अगाडि बढ्न सकिने बताए । आफूले पहिला गरेको प्रतिवद्धता अनुसार नै देशमा विकासको जग बनिसकेको र अव विकासले तीब्रता पाउने बताए ।