हल्ला फैलाउनेहरु थाक्लान्, सरकार आफ्नो कामबाट कहिल्यै थाक्दैन : प्रधानमन्त्री ओली

हल्ला फैलाउनेहरु थाक्लान्, सरकार आफ्नो कामबाट कहिल्यै थाक्दैन : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नो काममा कहिल्यै नथाक्ने बताएका छन् । सोमबार ललितपुरको भैँसेपाटीमा मुख्यमन्त्री आवास भवन निर्माणको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले वाक स्वतन्त्रताका नाममा निराशा फैलाउने काम भएको बताउँदै सरकार आफ्नो कामबाट कहिल्यै नथाक्ने बताए ।

‘केही भएन भनेर असन्तुष्टि फैलाउने काम भइरहेको छ, यो पनि भएन, त्यो पनि भएन भनेर हल्ला फैलाउने प्रवृत्ति देखिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘वाक स्वतन्त्रताको प्रयोग समुचित र स्वस्थ ढंगले हुनुपर्छ । जसरी पनि विरोध गर्ने सिलसिला चलेको छ, त्यस्ता सिलसिला चलाउनेहरू थाक्लान्, विश्राम लेलान्, तर सरकार अडिग र गतिशीलताका साथ जनतालाई सेवा दिने हिसाबले सुशासन कायम गर्दै अघि बढेको छ ।’

प्रधानमन्त्री ओलीले भएका–गरेका कामलाई नजरअन्दाज गर्दै यो पनि भएन, त्यो पनि भएन भनेर आलोचकहरुबाट हल्ला फैलाउने प्रवृत्ति देखिएको पनि गुनासो गरे । उनले मेलम्चीको पानी काठमाडौं आइपुग्न एक वर्ष पनि नलाग्ने दाबी गरे । ‘मेलम्चीको खानेपानी छिट्टै नै आउँछ केही महिनाभित्र, अब एक वर्ष पनि लाग्दैन ।’