सरकारले काम गरेन भन्नेहरु आँखा चिम्लेर होइन, आँखा खोलेर हेरौँ : प्रधानमन्त्री ओली

सरकारले काम गरेन भन्नेहरु आँखा चिम्लेर होइन, आँखा खोलेर हेरौँ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले काम नगरेको भन्दै आलोचना गर्नेहरुलाई कडा जवाफ दिएका छन् ।
नेपालीहरुको महान पर्व दशैंतिहार, छठलगायत चाडपर्वको अवसरमा पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा आक्रशित हुँदै प्रधानमन्त्री ओलीले सरकारले गरेका काम बुढाबुढीलाई सोध्न आग्रह गरेका छन् ।

गायक आनन्द कार्कीको गीत ‘यी हल्लाहरु हुन् तिमीले सुनेका’ गीतलाई उद्धृत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारले काम गरिरहेको छ । बूढाबूढीलाई सोध्नुस् त जीवनमा फरक परेको छ कि छैन ! स्वास्थ्य बिमा छ, हरेक नेपालीको बैंक खाता भनेका छौं, हरेक नेपाली जलविद्युतको शेयरधनी बन्ने परिस्थिति बनेको छ, फरक परेको छ कि छैन ! सरकारले काम गरेन भन्नेहरु आँखा चिम्लेर होइन, आँखा खोलेर हेरौँ ।’

निवर्तमान सभामुख कृष्णबहादुर महरा, कांग्रेस सांसद अफताब आलम र राजपा सांसद प्रमोद साह पक्राउ परेको तर्फ इंगित गर्दै प्रम ओलीले भने, ‘भनसुनमा कत्ति पनि विश्वास गरिँदैन, कानुनका नजरमा सबै बराबर हुने हुन ।’

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई जनताले व्यवहारमै अनुभूत गर्ने गरी मूर्तरूप दिने अभियानमा सरकार रहेको दाबी गरे । साथै उनले हल्लाको पछि नलाग्न आम नागरिकलाई अपिल समेत गरे ।