प्रधानमन्त्रीले गरे एक्सन रुमबाट ६ ठूला आयोजनाको अनुगमन

प्रधानमन्त्रीले गरे एक्सन रुमबाट ६ ठूला आयोजनाको अनुगमन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहादरबारस्थित एक्सन रूमबाट ठूला राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गरेका छन् । प्रधानमन्त्री ओलीले आयोजनाको अपेक्षाकृत प्रगति हुन नसकेकाले ६ वटा राष्ट्रिय गौरवका आयोजनामा भइरहेको कामका विषयमा आयोजना प्रमुखहरुसँग प्रत्यक्ष संवाद थालेका हुन् ।

बुधबार दिउँसो आयोजनाकोे प्रधानमन्त्रीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, भेरी बबई डाइभर्सन, रानीजमरा र सिक्टा सिँचाइलगायत राष्ट्रिय गौरबका आयोजनाको भिडियो कन्फ्रेन्समार्फत अनुगमन गरेका हुन् । आयोजनाको मुख्य काम हुने स्थानमा सिसी क्यामेरा जडान गरिएकाले प्रधानमन्त्रीले सम्बन्धित आयोजनाको काम प्रत्यक्ष रुपमा हेरिरहेका छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले आयोजना प्रमुखसँग भिडियो कन्फ्रेन्समार्फत् प्रश्नोत्तर गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।
एक्सन रूममा प्रधानमन्त्रीसँगै अर्थमन्त्री युवराज खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री बर्षमान पुन, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् ।