काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर स्वास्थ्य जाँच गराएका छन् । आइतबार तेस्रो डायलासिस गर्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीले शिक्षण अस्पतालको मनमोहन कार्डिओ भास्कुलर तथा थोरासिक सेन्टर पुगेर पुगेर स्वास्थ्य जाँच गराएका हुन् ।
प्रधानमन्त्रीको मिर्गौलाले राम्रोसँग काम नगर्दा फोक्सोमा पानी जमेको पाइएपछि बुधबार र बिहीबार ग्राण्डी अस्पतालमा डायलासिस गरिएको थियो । आज प्रधानमन्त्रीको छातीको एक्सरे गर्ने क्रममा फोक्सोमा जम्मा भएको पानी अहिले नरहेको पाइएको छ ।
चेकजाँच गर्दा फोक्सोको पानी निकाल्नु नपर्ने चिकित्सकहरुले बताएपछि प्रधानमन्त्री बालुवाटार फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । प्रधानमन्त्री बालुवाटार फर्किएलगत्तै मन्त्रीपरिषद बैठक सुरु भएको छ ।




प्रतिक्रिया