एकाबिहानै प्रधानमन्त्री ओली अस्पताल भर्ना

एकाबिहानै प्रधानमन्त्री ओली अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि आज (मंगलबार) बिहानै त्रिवि शिक्षण अस्पतालअन्तर्गतको मनमोहन कार्डियोलोजी भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सल्लाहकार थापाका अनुसार नियमित स्वास्थ्य जाँचका सिलसिलामा प्रधानमन्त्रीलाई मंगलबार बिहानै अस्पताल लगिएको हो । मिर्गौलाका बिरामी प्रधानमन्त्रीको स्वास्थ्यमा अहिले देखापरेको समस्याबारे केही खुलाइएको छैन । प्रधानमन्त्री ओलीले यसअघि ग्रान्डी अस्पतालमा चारपटक मिर्गाैलाको डायलासिस गराईसकेका छन ।